सरकारले दियो म्यादी प्रहरीलाई उद्यमी वा जागिरे बन्ने अवसर, गर्यो यस्तो व्यवस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 05:35:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले म्यादी प्रहरीलाई लक्षित गरि उद्यमशीलता र स्वरोजगार योजना ल्याएको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९÷०८० बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्।

उनका अनुसार म्यादी प्रहरीमा आबद्ध भएर देशलाई योगदान पुर्याउनेहरुलाई लक्षित गरि उद्यमशीलता र स्वरोजगार योजना ल्याइएको हो। यस अनुसार म्यादी प्रहरीमा काम गरेकाहरुलाई उनीहरुको रोजाई र क्षमताअनुसार उद्यम र रोजगारमा लगाइने छ। 

उद्यममा लाग्नेहरुलाई उनीहरु को चाहनाअनुसारको क्षेत्रमा उद्यम गर्न सघाइनेछ भने रोजगार गर्न चाहनेहरुलाई सिप र क्षमताअनुसार बिभिन्न क्षेत्रमा रोजगारको व्यवस्था गरिनेछ। 

त्यस्तै उनीहरुलाई संचित सुरक्षा बलको रुपमा समेत उपयोग गर्ने व्यवस्था गरिने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका छन्। यस पटक अर्थात २०७९ सालको स्थानीय तहको निर्वाचनमा १ लाख म्यादी प्रहरीले रोजगारी पाएका थिए । 

मन्त्री जनार्दन शर्माले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट सार्वजनिक गरिरहेका छन् । हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर बजेट सार्वजनिक गर्ने संवैधानिक अभ्यास छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved