कन्सल्टेन्सी पनि म्यानपावर व्यवसायमा, एक महिनामै ५ करोड ठगि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2022 | 04:42:51 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न शुन्य सहनशिलता नीति अपनाउने बताएका छन् । 

सचिव एकनारायण अर्यालसहित बिहिबार बुद्धनगर स्थित वैदेशिक रोजगार विभागको आकस्मिक अनुगमन गर्दै मन्त्री श्रेष्ठले ठगीमा परेका युवालाई समयमा न्याय दिने तथा विदेशमा अलपत्र श्रमिकको तत्काल उद्धार गर्ने संयन्त्र बनाइने बताए । ठगीमा परि उजुरी दिएका युवालाई छिटोछरितो सेवा दिन निर्देशन दिँदै मन्त्री श्रेष्ठले समयमै न्याय दिन कानुनी समस्या भएपनि समाधान गरिने बताए ।

वैदेशिक रोजगारीमा गएर वास्तवमै अलपत्र परेको भए तत्काल उद्धार गरिने तर विभिन्न वहानामा काम नगर्ने र उद्धारको लागि सरकारसँग हारगुहार गर्ने प्रवृति पनि देखिएको उनको भनाई छ । मन्त्री श्रेष्ठले विभागका कर्मचारीहरुलाई श्रमिकको पक्षमा काम गर्दा समस्या भए मन्त्रालयमा तत्काल जानकारी गराउन निर्देशन पनि दिए । 

सचिव अर्यालले सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन अनलाइन प्रणालीमा लैजान बाँकी रहेका सेवालाई समेत प्रविधिमैत्री बनाउन निर्देशन दिए । मेनपावर कम्पनीको दर्ता, नविकरण, कामदार पठाउन पाउने सिमा, धरौटी रकम, बैंक ग्यारेन्टी, कारबाही, फुकुवा तथा अन्य जानकारीलाई पुर्ण अनलाइन प्रणालीमा लैजाने मन्त्रालयको तयारी रहेको मन्त्री श्रेष्ठको भनाई छ । 

मन्त्री श्रेष्ठले पछिल्लो समय कन्सल्टेन्सीका नाममा ठगी बढेको बताउँदै यसको नियन्त्रणका लागि शिक्षा मन्त्रालय लगायतका निकायसँग समन्वयन गरि शैक्षिक परामर्श संस्थाको नियमनमा कडाइ गरिने बताए ।

शैक्षिक परामर्श संस्था समेत वैदेशिक रोजगारी व्यवसायमा

पछिल्लो समय शैक्षिक परामर्श सेवाका लागि शिक्षा मन्त्रालयबाट स्वीकृती लिएर खोलिएका संस्था नै वैदेशिक रोजगार व्यवसायमा जोडिएर करोडौं रकम असुल्ने गरेको पाइएपछि यसलाई रोक्न मन्त्री श्रेष्ठले दोषिलाई कारवाहीको दायरामा ल्याइने बताएका छन् । कतिपय शैक्षिक परामर्श संस्थाले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौं रुपैया अरुली गरी संचालक फरार हुने गरेको उजुरी विभागमा परेको छ ।

विभागले हालै इन्टरनेसनल एक्पो एन्ड ट्राभल सर्भिस प्रा.ली. र जिनियस एजुकेसन एन्ड कन्सल्टेन्सी सर्भिस प्रा.ली.ले १४४ जनाबाट साढे ४ करोड उठाएपछि वैदेशिक रोजगार न्ययाधिकरणका मुद्धा दायर गरेको महानिर्देशक शेषनारायण पौडेलले बताए । पौडेलले शैक्षिक परामर्श सेवाका नाममा खुलेका धेरै संस्थाले वैदेशिक रोजगारीको काम गरिरहेकामध्ये हाल ३ वटाको मुद्धा वैदेशिक रोजगार न्यायाधिकरणमा दायर गरिएको बताए । एक शैक्षिक परामर्श संस्था, ट्राभल एजेन्सी र व्यक्तिगत सहित पछिल्लो महिनामा मात्र ४ करोड ९३ लाखको दाबी र सोको हर्जना सहित ७ करोड रुपैयाँका बराबरको मुद्धा दायर गरिएको छ ।

आजै कारबाही सुरु

अनुगमनका क्रममा मन्त्रीले श्रेष्ठले गोरखा जिल्ला स्वारा गाविस वाड नं. १ हाल परिवर्तित बारपाक सुलिकोट गाउँपालिका ३ बस्ने निशान बगालेले ठगी बिरुद्ध दिएको उजुरी बिरुद्ध तत्काल कारवाही प्रक्रिया अघि बढाउन निर्देशन दिए ।

पिडित बगालेलाई वैदेशिक रोजगारिको लागि मासिक १ हजार डलर तलब रकम हुने होटल सम्बन्धिको काममा अष्ट्रेलिया पठाईदिने भन्दै काठमाडौँ बुढानिलकण्ठ नगरपालिका वडा नं ६ बस्ने हरि शरण खडकाले एकमुष्ट १० लाख लिएका थिए । पीडीत बगालेले दिएको उजुरी सम्बन्धमा विभागले आजै कारवाही प्रक्रिया अघि बढाएको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved