बैदेशिक रोजगार व्यवसायी संघमा काङ्ग्रेस फुट्दा एमालेलाई फाइदा, अध्यक्ष सहितको बहुमत (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2023 | 10:08:32 PM मा प्रकाशित

नेपाल बैदेशिक रोजगार ब्यवसायी संघको निर्वाचनमा नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मंच बहुमतले विजयी भएको छ। शुक्रबार सम्पन्न निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष तथा कोषाध्यक्ष लगायतका पदमा मंचका पदाधिकारी निर्वाचित भएका हुन्। 

मंचबाट उम्मेद्वारी दिएकाहरु मध्ये अध्यक्षमा राजेन्द्र भण्डारी, प्रथम उपाध्यक्षमा डिक बहादुर खत्री, दृतिय उपाध्यक्षमा संजु गुरुङ, तृतीय उपाध्यक्षमा रोशन कटुवाल, कोषाध्यक्षमा सरिता घले र सदस्यमा राजेन्द्र बस्नेत, बैकुण्ठ प्रसाद पौडेल, देउमान नेम्वाङ्, आनन्द प्रसाद कोइराला निर्वाचित भएका हुन्। 

त्यस्तै संघको महासचिव, सचिव तथा चार सदस्य गरि कुल ६ पदमा नेपाली काङ्ग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको तर्फबाट उम्मेद्वारी दिएकाहरु निर्वाचित भएका छन्। महासचिवमा मेघनाथ भुर्तेल निर्वाचित भएका छन् भने सचिवमा कर्णराज कटुवाल र सदस्यमा बिक्रम श्रेष्ठ,  कैलाश पाठक, नारायण भुसाल, तोरण कुमार कार्की, चन्द्र बहादुर लिम्बु निर्वाचित भएका छन्।त्यस्तै नेकपा माओवादीबाट उम्मेद्वारी दिएकि देवीमाया थापा सदस्यमा निर्वाचित भएकि छन्। 

संघको निर्वाचनमा नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मंच र  नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम आ-आफ्नो प्यानल बनाएर चुनाव लडेका थिए भने नेकपा माओवादी र एक्रिकृत समाजवादी निकट म्यानपावर व्यवसायी मिलेर चुनाव लडेका थिए। यद्दपि नेपाली कांग्रेस दुई समुहमा विभाजित भएर लडेको थियो। 

No description available.

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved