'फ्रि भिसा फ्रि टिकट'को भएन कार्यान्वयन, मन्त्री नै भन्छन् '३ लाखसम्म लिने रहेछन्'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 01, 2024 | 05:19:04 PM मा प्रकाशित

फ्रि भिसा फ्रि टिकटको कार्यान्वयन न्यून रहेको पाइएको छ । श्रम, रोजगार तथा सामाजिक सूरक्षा मन्त्री डोल प्रसाद अर्यालले नै फ्रि भिसा फ्रि टिकटको कार्यान्वयन एकदम न्यून रहेको पाइएको बताएका हुन्। 

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले १० हजारमा नै श्रमिकलाई विदेशमा पठाउने गरी ल्याएको फ्रि भिसा फ्रि टिकटको कार्यन्वयन जम्मा ४ प्रतिशत मात्र कार्यन्वयन भएको उल्लेख गरे । अर्थात ९६ प्रतिशत कार्यन्वयन नभएको उनको भनाई थियो । 

 मन्त्री अर्यालले म्यानपावर व्यवसायीहरुलाई उधृत गर्दै यस्तो बताएका हुन् । उनले व्यवसायीहरुसँग यबारेमा जिज्ञासा राख्दा व्यवसायीहरुले नै ४ प्रतिशत मात्र कार्यन्वयन भएको र ९६ प्रतिशत कार्यन्वयन नभएको आफुलाई जानकारी दिएको उल्लेख गरे। 

उनले भने 'केहि दिन अघि व्यवसायीलाई यस विषयमा जिज्ञासा राख्दा व्यवसायीहरुले नै ४ प्रतिशत मात्र कार्यान्वयन भएको मलाई जानकारी दिनु भयो। म्यानपावरले ३ लाखसम्म लिने गरेको जानकारी पनि मलाई उहाँहरुले गराउनु भयो ।’

मन्त्री अर्यालाले फ्रि भिसा फ्रि टिकटको विषयमा आफुले अध्ययन गरिरहेको पनि जानकरी दिए ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved