नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको १२औँ अधिवेशन शनिबार हुँदैछ । सो अधिवेशनबाट एशोसिएशनको अध्यक्ष बन्ने चाहना धेरै व्यवसायीहरुमा देखिन्छ ।
सबै आकांक्षिहले आआफ्नो प्यानल बनाएर चुनावमा जान लागेका छन् । तथापि सर्वसम्मत प्रणालिबाट पदाधीकारी चयन गर्ने प्रयासमा एशोसिएशनका पदाधीकारीहरु लागिरहेका छन् । तर, सर्वसम्मत हुने सम्भावना एकदन न्यून रहेको एक पदाधीकारीले बिजपाटिलाई जानकारी दिए । उनले भने, 'आकांक्षिहरु धेरै हुनुहुन्छ । सर्वसम्मत गर्ने प्रयास हामिले गरिरहेका छौँ। तर, सम्भावना न्यून छ ।’
सर्वसम्मत नभए पनि थोरै संख्यामा प्रतिस्पर्धा हुनेमा सम्भावना भने ज्यादै रहेको उनले बताए ।
अध्यक्षका लागि पूर्व वरिष्ठ उपाध्यक्ष तारा अर्याल, वर्तमान प्रथम उपध्यक्ष भागिरथ राई रमेश, तृतिय उपध्यक्ष दिपक थापा, सल्लाहकार किशोरकुमार केसी र चिरञ्जिवि बस्याल आकांक्षि देखिएका छन् ।
निर्वाचनमा ३५० भन्दा बढी व्यवसायीले भाग लिने छन् ।सो अधिवेशनको उद्धाटन पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादूर देउवाले गर्ने बताइएको छ ।