युद्धग्रस्त देशमा श्रमिक पठाउँदै सरकार, वैशाखमा मात्रै ७५ जना गए 'इजरेल'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2024 | 10:19:13 AM मा प्रकाशित

चालु आर्थिक वर्ष २०८०/८१ को वैशाख महिनामा ७० हजार बढी युवाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगारीमा जानको लागि वैशाखमा ६४ हजार १० जना पुरुष र ६ हजार ६२७ जना महिलाले श्रम स्वीकृति लिएका हुन् । 

वैशाखमा ९४ देशमा जानको लागि श्रम स्वीकृति लिएको वैदेशिक राजगार विभागले जनाएको छ । जसमध्ये सरकारले पतिबन्ध लगाएको देशमा जानको लागि पनि श्रम स्वीकृति लिएको पाइएको छ । प्रतिबन्धित देश इजरेल जानको लागि ७५ जनाले श्रम स्वीकृति लिएका हुन् । 

जसमध्ये जसमध्ये ३५ जना पुरुष र ४० जना महिलाले इजरेल जानको लागि श्रम स्वीकृति लिएको पाइएको छ । 

इजरेल र हमासबीचको युद्धमा परि केहि महिना अघि १० जना नेपालीको मृत्यु भएको थियो । एक जना नेपाली युवा त्यहाँ अझै बेपत्ता छन् । 

हमास र इजरेलको युद्ध चर्किएपछि सरकारले सो देशमा जान प्रतिवन्ध लागाएको थियो । तर, वैशाख महिनमा सो देशमा जानका लागि ७५ जनाले श्रम स्वीकृति पाएका हुन् । यसैगरी, चैत महिनामा १९ जना पुरुष र ६६ जना महिला गरि जम्मा ८५ जना इजरेल गएका थिए । त्यसैगरी फागुनमा २१ जना पुरुष र ६८ जना महिला गरि ८९ जना युवा इजरेल गएका थिए । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved