माल्टा पठाइदिन्छु भन्दै झन्डै ५० लाख रुपैयाँ जति ठगी गरेको आरोपमा एकीकृत समाजवादी पार्टी निकट युवा केशवराज जोशी पक्राउ परेका छन् । उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीको भतिजो हुन् ।
वैदेशिक रोजगार विभागमा जोशीविरुद्ध उजुरी परेपछि पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनले माल्टामा प्रतिष्ठित होटलमा मासिक चारपाँच लाख रुपैयाँ तलब हुने गरी पठाइदिन्छु भनेर पाँच/छ जनाबाट पचास लाख रुपैयाँ लिएको आरोप छ ।
पक्राउ परेका जोशीलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।