
सामाजिक सुरक्षा कोषको केन्द्रीय कार्यलय स्थानान्तरण भएको छ । बबरमहलमा रहेको कोषको केन्द्रीय कार्यालय थापाथलिमा स्थानान्तरण भएको हो ।
कोषले आइतबार एक सूचना जारी गर्दे कार्यलय सरेको जानकारी गराएको छ । थापाथलिस्थित वाणिज्य बैंकको शाखा कार्यलय रहेको भवनमा कोषको कार्यालय सरेको जनाइएको छ । कोषले आइतबारदेखि नै थापाथलिबाट कार्यसम्पादन हुने व्योहोरा पनि जनाएको छ ।
वाणिज्य बैंकको शाखा कार्यलय भएको भवनको दोस्रो, तेस्रो र चौथो तल्लामा कोषको कार्यालय सरेको हो ।