मातृभूमि लघुवित्तमा सीईओ आवश्यकता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2024 | 09:14:13 AM मा प्रकाशित

मातृभूमि लघुवित्त वित्तीय संस्थाले खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्ने प्रक्रिया अगाडि बढाएको छ । 

केहि दिन अघि मात्र एकीकृत वित्तीय कारोबार शुरु गरेको उक्त कम्पनीले खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्त गर्न लागेको हो ।साविकको किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त बीच मर्जरपश्चात् बनेको उक्त कम्पनीले बुधबार एक सूचना प्रकाशन गर्दै सीईओका लागि आवेदन आह्वान गरेको छ ।

इच्छुक योग्य व्यक्तिले निवेदनका साथ हालै खिचेको पासपोर्ट साईजको फोटो, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बायोडाटा, शैक्षिक तथा कार्य अनुभवको प्रमाणपत्रको प्रतिलिपिसहित आगामी साउन ९ गतेभित्र आवेदन दिन  सक्ने छन् ।

मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन, ग्रामीण विकास, कृषि, समाजशास्त्र वा कानुन विषयमा स्नातकोत्तर वा सो सरहको परीक्षा उत्तीर्ण गरेको व्यक्तिले आवेदन दिन पाउने छन्। त्यसैगरी, कुनै पनि बैंक तथा वित्तीय संस्थामा अधिकृत वा सोभन्दा माथिको तहमा रही कम्तिमा १० वर्षको कार्यानुभव हासिल गरेको हुनुपर्नेछ ।

सीईओका लागि आवेदन दिंदा ४० वर्ष पुरा भई ६० वर्ष ननाघेको हुनुपर्ने छ । सूचना अनुसार व्यवसायिक योजना, प्रस्तुतिकरण तथा अन्तरवार्ताका माध्यमबाट छनोट गरिनेछ । 

हेर्नुहोस सूचना :

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved