कालिका लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि ६१ जना कर्मचारी माग गरेको छ ।
कम्पनीले सुपरभाइजरदेखि कनिष्ठ सहायकसम्मको कर्मचारी माग गरेको हो । कम्पनीले प्रकाशित गरेको सूचना अनुसार सुपरभाईजरका लागि १५ जना, वरिष्ठ सहायक पदका लागि ७ जना, सहायक पदका लागि १४ जना र कनिष्ठ सहायकका लागि २५ जना कर्मचारी आवश्यकता छ ।
कम्पनीले केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले साउन २३ गते कार्यालय समयभित्र कम्पनीको केन्द्रीय कार्यालय तथा इमेल ठेगानामा आवेदन दिनुपर्नेछ ।
हेर्नुहोस सूचना :