इजरायलको रोजगारीको लागि मागभन्दा दोब्बर आबेदन परेको छ। २ हजार जना प्रशिक्षार्थी कामदार माग गरिएकोमा ४ हजार बढीले आबेदन दिएको बैदेशिक रोजगार विभागले जानकारी दिएको छ।
विभागकाअनुसार उक्त देशको रोजगारीका लागि ४ हजार २४ जनाको आबेदन परेको छ। जसमा २ हजार २०९ पुरुष आवेदक र १ हजार ८१५ महिला छन्।
विभागकाअनुसार आबेदन दिएकामध्ये १ हजार ५०० जना छनौट हुने र त्यसमध्ये ५०० जनालाई गोलाप्रथाबाट छानिने छ। श्रम सम्झौतामा ८० प्रतिशत महिला र २० प्रतिशत पुरुष कामदार लिने शर्त राखेको इजरायलले यसपटक ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष कामदारको माग गरेको छ ।
रोजगारीको लागि जानेले बस्ने सुविधा भएता पनि लागत आफैं तिर्नुपर्ने र खाने खर्चसमेत आफै व्यहोर्नुपर्ने छ । दुवै देशको श्रम सम्झौतामा न्यूनतम मासिक ९० हजार रुपैयाँ तलब सुविधा हुने उल्लेख भए पनि यसपटक २ लाखभन्दा बढी तलब दिन रोजगारदाता तयार भएका छन ।
विगतमा द्वन्द्वका कारण केयर गिभरमा कामदार नै पाउन मुस्किल भएपछि यसपालि त्यहाँको रोजगारदाताले आकर्षक तलब दिने गरी कामदार माग गरेको हो ।