वैदेशिक रोजगारको क्रममा विदेशी भूमीमा मृत्यु हुने नेपालीको संख्या बढ्दै गएको पाइएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष विदेशमा ज्यान गुमाउने नेपालीको संख्या झन्डै २३५ प्रतिशतले बढेको वैदेशिक रोजगार बोर्डले जानकारी दिएको छ।
बोर्डकाअनुसार आर्थिक वर्ष २०७९/८० को तुलनामा गत वर्ष ज्यान गुमाउनेको संख्यामा २३५ प्रतिशतले वृद्धि भएको हो । कामको खोजीमा विदेशमा गएका नेपाली कामदारमध्ये गत वर्ष १ हजार ३४६ युवाको विभिन्न कारणले गर्दा मृत्यु भएको छ । पछिल्लो तीन महिनामा मात्र ४२० श्रमिकको मृत्यु भएको छ ।
गत तीन वर्षमा आधारित तथ्यांक :
cfly{s jif{ | d[ts ;Vof |
@)*)। *! | !#$^ |
@)&(। *) | !!!! |
@)&*। &( | !%!) |
श्रोतः वैदेशिक रोजगार बोर्डको सचिवालय
बोर्ड सचिवालयका प्रवक्ता टिका राम ढकालका अनुसार यो संख्या उक्त आर्थिक वर्षमा विदेशमा मृत्यु भएका परिवारले सहायता रकम दाबी गरेकोमा आधारित छ । “यसबाहेक वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेको संख्या अझै धेरै छ ।
मृतक श्रमिकका परिवारलाई दिंदै आएको आर्थिक सहायता रकम स्थानीय तहमा निवेदन दिएर अनलाइनमार्फत कागजात चेकजाँच गर्ने प्रविधिको विकास गरेसँगै उक्त संख्या अझ बढ्न सक्ने देखिन्छ”, ढकालले भने ।
उनका अनुसार कतिपयले एउटा आर्थिक वर्षमा विवरण पेश गरेर अर्को आर्थिक वर्षमा सहायता रकम पाउने गरेका छन् । सोही कारण पनि आगामी दिनमा यो संख्या अझ बढ्न सक्ने देखिन्छ ।
एक तथ्याङक अनुसार वैदेशिक रोजगारीमा जानेमध्ये दैनिक औसतमा चार वटा लास काठको बन्द बाकसमा आउने गरेको छ । पर्याप्त तालिम, उचित ज्ञान, सिप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा युवाहरुलाई पठाउँदा नेपाली श्रमिकले ज्यान गुमाउनु पर्ने अवस्था छ ।
विदेश जाने व्यक्तिलाई लोभलालच र धेरै धनआर्जन गर्ने अपेक्षा देखाउने गरिएको तर त्यहाँको वस्तुस्थिति र कामको प्रकृतिको बारेमा पर्याप्त सूचना नदिंदा जोखिम पनि उत्तिकै छ । वैदेशिक क्षेत्रका जानकार गणेश गुरुङले वैदेशिक रोजगारीमा जानेहरुलाई प्रशिक्षण तथा उचित ज्ञानको अभाव हुँदा जोखिम पनि बढ्दै गएको बताउँछन् ।
“विदेश जानुभन्दा अगाडि श्रमिकहरुको लागि पूर्व प्रस्थान प्रशिक्षण फितलो देखिन्छ । राज्यको यसमा कमजोरी छ, सोही कारण नै यस्ता समस्याहरु विकराल बन्दै छन्”, गुरुङले भने । वैदेशिक रोजगारीका क्रममा विदेशमा आफ्नो आफन्त गुमाएका परिवारका सदस्यले बोर्डको सचिवालयबाट ७ लाख रुपैयाँ आर्थिक सहायता पाउँदै आएका छन् ।
गत आर्थिक वर्षमा कसले कति रकम पाए ?
ljj/0f | ;Vof | /sd |
d[To' ePsf] | !#$^ | ^(,((,)%,))) |
lj/fdL P+j ckfªu ePsf] sfdbf/ | ^%# | !(,$^,*%,))) |
zj afxg ;]jf | &&% | #,$!,%*,))) |
ljb]zL e"lddf cnkq k/]sf sfdbf/sf] p4f/ | !*^ | #,@),))) |
cnkq k/]sf zj lemsfpg | #)* | #,&#,!@,))) |
श्रोतः वैदेशिक रोजगार बोर्डको सचिवालय
बोर्डका अनुसार गत आर्थिक वर्षमा साउदी अरबबाट ३४२, मलेशियाबाट ३४५, कतारबाट २४० र युएईबाट २३३ जना नेपालीको शव नेपाल ल्याइएको छ । यस्तै सो अवधिमा दक्षिण कोरियाबाट २८ कुवेतबाट ७२, इजरायलबाट १२ बहाइनबाट १७, रोमानियाबाट १२ जनाको शव नेपाल ल्याइएको छ ।