जनउत्थान सामुदायिक लघुवित्तमा रोजगारीको अवसर,अधिकृतदेखि असिस्टेन्टसम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2024 | 01:21:59 PM मा प्रकाशित

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थामा रोजगारीको अवसर खुलेको छ।

कम्पनीले केही संख्यामा अधिकृत, सहायक अधिकृत, सिनियर असिस्टेन्ट, जुनियर असिस्टेन्ट र ट्रेनी असिस्टेन्ट माग गरेको छ।अधिकृत तहका लागि शैक्षिक योग्यतामा बैंकिङ, वित्त लगायत विषयमा स्नातकोत्तर पूरा गरी सम्बन्धित क्षेत्रमा दुई वर्ष कार्य अनुवभ हुनुपर्नेछ।उमेर भने २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने छ। महिलाको हकमा ४५ वर्ष ननाघेको हुनुपर्ने छ।

सहायक अधिकृतका लागि कम्तीमा एक वर्षको कार्य अनुभव तथा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।सिनियर असिस्टेन्टका लागि प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण भई कम्तीमा दुई वर्षको कार्य अनुभव भएको हुनुर्नेछ।जुनियर असिस्टेन्टका लागि एसएलसी एसईई सरह उत्तीर्ण गरी कम्तीमा ६ महिना काम गरेको अनुभव हुनुपर्नेछ।

असिस्टेन्ट तहका लागि इच्छुक १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ।कम्पनीले एसइई उत्तीर्ण गरेर बसेका इच्छुकका लािग केही संख्यामा ट्रेनी असिसस्टेन्ट समेत माग गरेको छ ।

आवेदकहरूसँग छलफल गरेर, अन्तरवार्ता तथा प्रस्तुतिकरण हेरेर छनोट गरिने उम्मेदवार छनौट गरिने सूचनामा उल्लेख छ ।मोटरसाइकल तथा स्कुटर लाइसेन्स लिएका आवदेकहरुलाई विशेष प्राथमिकता दिइने पनि सूचनामा उल्लेख छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved