ग्रामीण विकास लघुवित्तमा कर्मचारी आवश्यकता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2024 | 02:18:17 PM मा प्रकाशित

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले  ठूलो संख्यामा स्थायी कर्मचारी माग गरेको छ। कम्पनीले स्थायी दरबन्दीमा सहायक प्रवन्धकदेखि कनिष्ठ सहायकसम्म ४१७ जना कर्मचारी माग गरेको हो।

सहायक प्रवन्धक पदमा खुला २९ जना, महिला, ८ जना, आदिवासी जनजाती ६ जना,  मधेसी ६ जना,  दलित दुई जना, अपांग एक जना र पिछडिएको क्षेत्र एक गरी कुल ५३ जना माग गरिएको छ ।त्यस्तै, सहायक कम्प्युटर अधिकृत पदमा २ जना, प्रशासनतर्फ सहायक पदमा ४२ जना र कनिष्ठ सहायक पदमा ३२० जना कर्मचारी माग गरेको हो।

सहायक प्रवन्धक पदका लागि स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने छ। सहायक कम्प्युटर अधिकृत पदका लागि पनि कम्प्युटर वा सूचना प्रविधिमा न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। कम्तीमा दुई वर्षको कार्यअनुभव समेत हुनुपर्ने छ।

त्यसैगरी, प्रशासनतर्फ सहायक पदका लागि प्रविणतम तह उत्तीर्ण गरेको हुनुपर्नेछ। कनिष्ठ सहायक पदका लागि एसईई वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ। इच्छुकले सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र आवेदन दिनुपर्ने कम्पनीले बताएको छ ।

हेर्नुहोस् सूचना :

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved