नेपाली सेनाले ठूलो संख्यामा सुरक्षाकर्मी माग गरेको छ । सेनाले अधिकृत पद (सहायक सेनानी/उपसेनानी) पदमा२८० जना भर्ना गर्न लागेको हो ।
जसअनुसार खुलातर्फ १४७, आदिवासी जनजाती कोटामा ३८, मधेशी कोटामा ३३, दलित कोटामा १८ र पिछडिएको क्षेत्रका लागि ६ जनाका लागि भर्ना खुलेको छ ।
यसैगरी, सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक रुपमा अशक्त नेपाली सैनिकका सन्तानका लागि १४ सिट छुट्याइएको छ ।
सेनाले शुक्रबार प्रकाशित गरेको सूचना अनुसार दरखास्त दिने म्याद भदौ ७ गतेदेखि असोज ५ गतेसम्म छ । असोज ६ गतेदेखि १२ गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त फारम बुझाउन सकिने छ ।