धितोपत्र बोर्डमा कर्मचारी आवश्यकता,सहायक निर्देशकदेखि सहायकसम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2024 | 09:18:15 AM मा प्रकाशित

नेपाल धितोपत्र बोर्ड(सेबोन) ले विभिन्न पदमा कर्मचारी आवश्यकताको  सूचना निकालेको छ । सेबोनले प्रशासन समूहका लागि सहायक निर्देशकदेखि सहायकसम्म गरी कुल छ जना कर्मचारी माग गरेको हो ।  

बोर्डले शुक्रबार सूचना प्रकाशित गर्दै सहायक निर्देशक(अधिकृत तृतीय श्रेणी) २ जना,वरिष्ठ सहायक(सहायक प्रथम श्रेणी)१ जना र सहायक(सहायक द्धितीय श्रेणी) ३ जनाका लागि दरखास्त आह्वान गरेको हो । 

ती सबै पदका लागि लिखित र अन्तरवार्तामार्फत उम्मेद्वारको छनौट गरिने छ । सूचना अनुसार आवेदन दिने अन्तिम म्याद आगामी भदौ २७ गतेसम्म छ भने असोज ३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन पाइनेछ ।

विस्तृत विवरण सूचनामा हेर्नुहोस :

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved