चालु आर्थिक वर्ष २०८० \०८१ को पहिलो महिना साउनमा विदेशिने नेपाली श्रमिकको सख्या केही बढेको छ ।
आवको साउन महिनामा मात्र ५९ हजार ५९७ नेपाली रोजगारीको खोजीमा विदेशिएका छन् । अघिल्लो आर्थिक वर्षको साउन महिनामा ५५ हजार ५७५ श्रमिक विदेश गएका थिए ।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङक अनुसार चालु आव २०८१\०८२ साउनमा श्रम स्वीकृति लिएर ५९ हजार ५५० जना नेपाली वैदेशिक रोजगारीमा गएका हुन् । साउनमा २५ हजार ५९७ जनाले संस्थागत रूपमा श्रम स्वकृति लिएका छन् भने १० हजार ७५३ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएका छन् । त्यस्तै जीटूजी मार्फत ६६८ जना गएका छन् ।
साउनमा ५१ हजार ४३० जना पुरुष र ८ हजार ११४ जना महिला वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांक छ ।