पछिल्लो केही वर्षयता वैदेशिक रोजगारमा ठगीनेको संख्यामा वृद्धि भएको छ । कोभिड महामारीको समयमा उजुरी केही कमी आए पनि उक्त संख्या वर्षेनी बढेको देशिक रोजगार विभागमा परेको तथ्यांकले देखाएको छ ।
बितेको पाँच वर्षमा वैदेशिक रोजगारीमा ६ गुणाले मौलाएको सरकारी तथ्यांक छ । वैदेशिक रोजगार विभागका अनुसार पाँच वर्षमा १५ हजार ९०४ वटा उजुरी दर्ता भएका छन् । आर्थिक वर्ष २०७७ / ७८मा भने कोभिड महामारीकोृ कारण ठगिनेको सख्यामा कमि आएको देखिएको छ ।
विभागका अनुसार आर्थिक वर्ष २०७६/ ७७मा १ हजार २५५ ठगीका उजुरी परेका थिए । त्यस्तै २०७७/ ७८मा ७८०, २०७८/ ७९मा १ हजार ७५२, २०७९/ ८० मा ४ हजार ४६४ र आर्थिक वर्ष २०८० / ८१मा ७ हजार ६६३ वटा ठगीका उजुरी परेको छ ।
‘वैदेशिक रोजगारीका नाममा हुने ठगीका घटनाहरु मौलाएको सत्य हो । म्यानपावर कम्पनीबाट भन्दा पनि व्यक्तिबाट ठगीनेहरुको उजुरी विभागमा पर्ने गरेको छ । दैनिक जसो २० देखि ३० वटा उजुरी विभागमा पर्ने गरेका छन्’ ,विभागका निर्देशक गुरुदत्त सुवेदीले भने ।
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षले पनि वैदेशिक रोजगारीको नाममा ठगी मौलाएको स्वीकार गरेका छन् । उनले भने, ‘रोजगारीको नाममा ठगी मौलाएको छ तर सबैको जिम्मा हामी लिन सक्दैनौं । एक दुई वटा म्यानपावरहरुको गल्तीले पुरै व्यवसाय माथि नै प्रश्न उठ्नु हुँदैन ।’