स्किल सेवा प्रालिले घर निर्माणसम्बन्धी एकदिने निःशुल्क प्राविधिक परामर्श सेवा दिने भएको छ ।कम्पनीले भदौ २९ गते दिउँसो ११ बजे सिरेन बुटिक होटलमा प्राविधिक परामर्श सेवा प्रदान गर्ने भएको हो ।
घर निर्माणमात्र नभई समस्यारहित दिगो, सुरक्षित घर कसरी निर्माणबारेमा विशेष परामर्श सेवा दिइने कम्पनीले बताएको छ । परामर्शका लागि स्किल सेवाको प्रमुख कार्यालयबाट संस्थापन समूह नै चितवनमा हुनेछन् ।चितवनमा बनेका प्रायः नयाँ घरहरूमै सिपेज, लिकेज र क्र्याकजस्ता समस्या बढी देखिएकाले चितवनमा कार्यक्रम आयोजना गर्न लागिएकोे चितवन शाखा प्रबन्धक सौगात तिवारीले बताए ।
जीवनभरको मेहनतको कमाइले घर निर्माण गरिने र घर निर्माण सम्पन्न भएको पाँच महिना नबित्दै घरमा सिपेज, भित्ता चर्कने, पेन्ट उप्कने आदि जस्ता विविध समस्या देखिने गरेकाले कम्पनीले परामर्श कार्यक्रम गर्न लागेको उनको भनाइ छ।
कम्पनीका अनुसार घर निर्माण गर्ने योजना भएका वा घर निर्माण गरिरहेको वर्गले परामर्श सेवाबाट फाइदा लिन सक्नेछन् । जग्गा छनोट, नक्सा पास, निर्माण कार्यको जिम्मा, निर्माण सामग्री छनोट, निर्माण सामग्री गुणस्तर जस्ता सामान्य तर संवेदनशील कुरामा ध्यान नदिंदा ठूलो दुर्घटना निम्तिन सक्ने कम्पनीले बताएको छ ।
विगत सात वर्षदेखि घरका विभिन्न समस्या चेकजाँच र वारेन्टीसहित समाधान दिंदै आएको कम्पनीले समस्यारहित घर निमार्णका लागि यस्ता निःशुल्क परामर्श दिने गरेको छ । कम्पनीले ४० हजारभन्दा बढी घरको चेकजाँच गरिसकेको संस्थापक महेश तिमिल्सिना बताउँछन् ।