रोमानीयामा नेपाली श्रमिक पठाउनबारे श्रम मन्त्री र राजदूत बीच छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2024 | 11:24:55 AM मा प्रकाशित

laxmi  sunrise bank

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी तथा नेपालको लागि रोमानीयाका राजदूत डानियला सेजोनोभ तान बीच शिष्टाचार भेटवार्ता भएको छ ।

सो अवसरमा नेपाल र रोमानीया बीच भएको श्रम सम्झौताको कार्यान्वयन तथा विभिन्न एजेन्टहरुबाट भएका ठगी नियन्त्रणका सम्बन्धमा छलफल भएको छ । भेटवार्ताका क्रममा सन् २०२४ जनवरी देखी रोमानीयामा करिब १९ हजारभन्दा बढि नेपालीलाई श्रमिक भिषा उपलब्ध गराइसकिएको राजदूत तानले जानकारी दिएकी थिइन् ।

नेपाल सरकार र रोमानीया सरकार बीच गत वर्ष असोजमा श्रम सम्झौता कार्यान्वयन भए पनि औपचारिक तवरमा श्रमिक त्यहाँ जान सकेका छैनन् । एजेन्टहरुले विभिन्न प्रलोभन देखाएर श्रमिकलाई अनौपचारिक तवरले रोमानीयामा पठाउने गरेको र सो कार्यका लागि ठूलो रकम अशुल गरिरहेका छन्। 

राजदूत  तानले समेत विभिन्न एजेन्टहरुले फर्जी भिषा देखाउने,  भिषा आवेदनमा समेत फर्जी बीमाका कागजातहरु राख्ने गरेको विषयमा मन्त्री भण्डारीको ध्यानाकर्षण गराएकी छिन् । 

द्विपक्षीय समझदारी पत्रलाई व्यवस्थापन गराउने प्रोटोकल डकुमेन्ट निर्माण गर्न बाँकी रहेको र यसको लागि मागपत्र प्रमाणीकरण लगायत भिषा आवदेन प्रक्रियालाई के कसरी लाई सरलीकृत गर्न सकिन्छ भन्ने सम्बन्धमा गृहकार्य गरिरहेको मन्त्रालयले बताएको छ।

यूरोपमा ग्लोबल कम्प्याक्ट अन माइग्रेसनको सिफारिस  बमोजिम नै यूरोपमा श्रमिकको मानव अधिकार रहेको अवस्थामा नेपाली श्रमिकलाई औपचारिक तवरले रोमानीयामा पठाउन, ठगी नियन्त्रण गर्न तथा मागपत्र प्रमाणीकरणलाई सरलीकृत गराउने सम्बन्धमा संयुक्त प्राविधिक समितिबाट टुङ्गो लगाइने मन्त्रालयले बताएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved