सिन्धु विकास बैंकमा सीईओ आवश्यकता, कति चाहिन्छ योग्यता ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2024 | 09:12:22 AM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पद रिक्त रहेको छ ।

सीईओ पदको पदपूर्तीको लागि यसअघि आवेदन माग भएकोमा पर्याप्त आवेदन नपरेकाले दोस्रोपटक दरखास्त आह्वान गरिएको कम्पनीले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

उक्त पदका लागि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने छ ।

वा चार्टर्ड एकाउण्टेन्सी वाव्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्याङ्कशास्त्र, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक उपाधि हासिल गरि कम्तीमा १० वर्षको कार्यानुभव भएको हुनुपर्ने छ ।

यसैगरी, ‘क’ वर्गको बैंक तथा वित्तीय संस्थामा सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तीमा तीन वर्ष वा ‘ख’ वर्गको राष्ट्रिय स्तरको विकास बैंकमा सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तीमा पाँच वर्ष काम गरेको वा  ‘ख’ वर्गको जिल्ला÷प्रदेश स्तरको विकास बैंक वा वित्त कम्पनीमा सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तीमा सात वर्ष काम गरेको हुनुपर्ने छ ।

आवेदक ४० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने छ । इच्छुक आवेदकले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनु पर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved