तीन महिनामा करिब २ लाख नेपालीले लिए श्रम स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2024 | 01:18:05 PM मा प्रकाशित

आर्थिक वर्ष २०८०/८१को साउन महिना देखि असोज महिना सम्म एक लाख ७० हजार भन्दा बढि नेपाली विदेशीएका छन् ।  वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङक अनुसार गएको तीन महिनाको अवधिमा १ लाख ७० हजार ५९३ जना नेपालीले विभिन्न मुलुकको लागि श्रम स्वकृति लिएका हुन् ।  

असोज, कात्तिक अर्थात चाडपर्वको समय । देशमा दशैंको माहोल अर्थात चाडपर्वको समय हुँदा पनि धेरै मात्रामा नेपालीहरु परदेशीएका छन् । विभागको तथ्याङक अनुसार  असोज महिनामा  ५३ हजार ५२५ नेपाली वैदेशिक रोजगारीका लागि गएका छन् । त्यसमध्ये ४७ हजार ४४३ पुरुष र ६ हजार ८२ जना महिला रहेका छन् ।

असोजमा २४ हजार  ३ सय ९१ नेपालीले म्यानपावर कम्पनी मार्फत र नयाँ ८ हजार ९ सय ३८ नेपालीले व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएका छन् । पुनः श्रम स्वीकृति लिनेहरु भने १९ हजार ३ सय ५६ जना रहेका छन् ।

चालु आर्थिक वर्षमा कुन महिना कतिले लिए श्रम स्वकृति ?


 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved