बिना धितो ऋण दिएर बैदेशिक रोजगारीमा पठाउन म्यानपावर व्यवसायीको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2024 | 06:20:43 PM मा प्रकाशित

laxmi sunrise bank

म्यानपावर व्यवसायीहरूको छाता संगठन वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारमा श्रमिक पठाउन सरकारले यथार्थ लागत निर्धारण गर्नुपर्ने बताएका छन्। मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै संघका अध्यक्ष राजेन्द्र भण्डारीले शुल्क निर्धारण तथा व्यवसायीको सेवाशुल्क माग सम्बोधन गरेर कामदारलाई यथार्थ लागतमा पठाउन सकिने बताए।

'सरकारले १० हजार भनिदिएको छ। त्यतिमा पठाउन सक्ने अवस्था छैन। अझ एजेन्टबाट धेरै ठगिएका छन्। ठूलो मारमा श्रमिक परिरहेका छन्। विदेश जान मिटरब्याजमा ऋण लिन बाध्य छन्,' उनले भने।

सरकारले श्रमिकलाई बिनाधितो ऋण दिएर जान सक्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। यदि कुनै मुलुकमा त्यहाँका रोजगारदाताले श्रमिकको सेवाशुल्क व्यहोरेको अवस्थामा श्रमिकले कुनै पनि शुल्क तिर्नुपर्ने बताए। 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved