महिला श्रमिकलाई खाडी मुलुकमै श्रम स्वीकृति दिइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2024 | 12:29:35 PM मा प्रकाशित

श्रम स्वीकृति नलिई विदेशमा बस्न बाध्य घरेलु श्रमिक महिलालाई सरकारले श्रम गन्तव्यमै श्रम स्वीकृति दिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सुरुमा श्रम स्वीकृति लिएर विदेश गएका तर समय सकिएपछि नवीकरण गर्न नपाएका महिला श्रमिकलाई गन्तव्य देशमै श्रम स्वीकृति दिने तयारी गरेको हो । श्रम मन्त्रालयले भ्रमण भिसा र अन्य माध्यमबाट मध्यपूर्वका देश (खाडी) मा पुगेर काम गरेका घरेलु श्रमिक महिलालाई पनि दूतावासबाट नयाँ श्रम स्वीकृतिका लागि तयारी भएको जनाइएको छ । 

वैदेशिक रोजगारीका लागि ११० वटा देश खुला गरिए पनि घरेलु श्रममा महिलाका लागि कतार, साउदी अरेबिया, युएई, ओमान र कुवेत मुख्य गन्तव्य रहँदै आएका छन् । नौ वर्षदेखि महिलालाई घरेलु श्रमिकका रूपमा यी मुलुकमा जान रोक लगाइएको छ । यी देश जानेमध्ये पनि घरेलु श्रममा जानेको सङ्ख्या बढी छ । सरकारले रोक लगाए पनि अवैध बाटोबाट र विभिन्न बहानामा स्वदेशकै विमानस्थल प्रयोग गरेर जानेको सङ्ख्या ठुलो छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved