वैदेशिक रोजगारीमा ‘फेसटाइम एटेन्डेन्स एन्ड आइरिस रिकोग्नेसन’ प्रणाली लागू

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2024 | 07:12:16 PM मा प्रकाशित

वैदेशिक रोजगार विभागले बुधबारदेखि वैदेशिक रोजगारीमा जानुपूर्व दिइने अभिमुखीकरण तालिमका लागि ‘फेसटाइम एटेन्डेन्स एन्ड आइरिस रिकोग्नेसन’ प्रणाली लागू गर्ने भएको छ ।

विभागले वैदेशिक रोजगारीमा जाने कामदारको पूर्वप्रस्थान अभिमुखीकरण तालिममा औंठाछाप हाजिरी लिँदा अनियमितता भएको भन्दै ‘फेसटाइम एटेन्डेन्स एन्ड आइरिस रिकोग्नेसन’ प्रणाली लागू गर्ने भएको हो । विभागले गत १५ असोजदेखि उक्त प्रणाली लागू गर्ने बताएको थियोे ।

तर, नमुना परीक्षण गरिएको दिन नै प्रणालीले काम नगरेपछि दसैंपछि अर्थात् २९ असोजदेखि प्रणाली अनिवार्य रूपमा प्रयोगमा ल्याउने भन्दै सोहीअनुसारको तयारीमा रहन अभिमुखीकरण व्यवसायीहरूलाई आग्रह गरेकोे थियो ।

प्रणालीमा समस्या उत्पन्न भएपछि विभागले समय सार्दै ३ पुसदेखि उक्त प्रणाली लागू गरेको छ । हाल १४३ अभिमुखीकरण संस्थाले वैदेशिक रोजगारीमा जाने कामदारलाई वैदेशिक रोजगारीमा उड्नु अगाडि अभिमुखीकरण तालिम दिने गरेका छन् । नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघले व्यवसायीले झण्डै १३ करोड खर्च गरेर अन्य पूर्वाधारसहित सिस्टम जडान गरिसकेका बताएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved