रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैङ्क

रासस

रासस

Dec 23, 2024 | 06:54:02 PM मा प्रकाशित

तनहुँको बन्दीपुर गाउँपालिकाले श्रम बैङ्क कार्यान्वयनमा ल्याएको छ । श्रमलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउदै आन्तरिक रोजगारी प्रवर्द्धनका लागि श्रम बैंक सञ्चालनमा ल्याइएको पालिकाले जनाएको छ । 

श्रम बैङ्कमार्फत कामको खोजीमा रहेका व्यक्तिलाई काम र रोजगारदातालाई कामदार उपलब्ध गराउन गाउँपालिकाले सहजीकरण गर्ने गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए। यसैगरी गाउँपालिकाभित्र रहेका सबै प्रकारका दक्ष, अर्धदक्ष तथा अदक्ष व्यक्तिहरू र रोजगारदाताको विवरण एकीकृत रूपमा तयार गरी रोजगार विनिमयकार्य गर्ने निर्णय भएको उनले जानकारी दिए । 

“यहाँका युवालाई उद्यमशील, स्वरोजगार र आत्मनिर्भर बनाउन श्रमबजार र मागमा आधारित रोजगारमूलक सीप विकास कार्यक्रम सञ्चालन गरिने छ । कामको खोजीमा रहेका व्यक्ति र रोजगारदाता तथा सीप विकास र सीप प्रमाणिकरण गर्न इच्छुक व्यक्तिले ‘क्युआर स्क्यान’ गरी गुगल फर्मको लिङ्कमा गएर, वडा कार्यालयमार्फत् वा श्रम तथा रोजगार शाखाबाट आवेदन फारम भर्न सक्नेछन्”, अध्यक्ष थापाले भने। 

गाउँपालिकाका रोजगार संयोजक शरणसिंह गुरुङले श्रम बैङ्क सञ्चालनपछि रोजगारी प्रवर्द्धनमा उल्लेख्य टेवा पुग्ने विश्वास गरिएको बताए। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved