वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन फागुन २ गते हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2024 | 11:12:26 AM मा प्रकाशित

नेपाल  वैदेशिक रोजगार व्यवसायी संघले साधारणसभा र निर्वाचनको मिति तोकेको छ । संघका अध्यक्ष राजेन्द्र भण्डारीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले संघको ३०औं साधारणसभा र निर्वाचन आगामी २ फागुन शुक्रबार गर्ने निर्णय गरेको हो । 

संघका सचिव कर्णराज कटुवालका अनुसार प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका पूर्वअध्यक्ष टंकबहादुर राउतको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ । समितिका अन्य २ जना सदस्य कार्यसमितिको अर्को बैठकले मनोनयन गर्ने छ ।

संघको साधारणसभाले १७ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने व्यवस्था छ । २१ सदस्यीय कार्यसमितिमा ४ जना सदस्य अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ । संघको आगामी कार्यकाल पनि २ वर्षको मात्र हुने छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved