वैदेशिक रोजगार विभागले इजरायल जान छनोट भएका कामदारलाई स्वास्थ्य परीक्षण गराउन ५ वटा अस्पताल तोकेको छ । त्यसका लागि नेपाल मेडिसिटी हस्पिटल भैंसेपाटी, स्टार हस्पिटल सानेपा, ह्याम्स हस्पिटल मण्डिखाटार, मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भू र क्रिस्टल डायग्नोस्टिक सिनामंगल तोकिएको वैदेशिक रोजगार विभागले शुक्रबार जनाएको छ ।
इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार अर्थात् (केयर गिभर) को रोजगारीमा जान छनोट भएकाहरूले स्वास्थ्य परीक्षण गराउनुपर्ने जनाएको छ ।
उनीहरूले पुष १७ देखि २३ गते सम्म स्वास्थ्य परीक्षण गराउनुपर्ने विभागले जनाएको छ ।