आजदेखि इजरायल जाने श्रमिकको स्वास्थ्य परीक्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2025 | 12:22:25 PM मा प्रकाशित

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा जान छनोट भएका नेपाली सहायक कामदारको बुधबारदेखि स्वास्थ्य परीक्षण प्रारम्भ गरिँदै छ । स्वास्थ्य परीक्षणका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल मेडिसिटी हस्पिटल भैंसेपाटी, स्टार हस्पिटल सानेपा, ह्याम्स हस्पिटल मण्डिखाटार, मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भू र क्रिस्टल डायग्नोस्टिक सिनामंगलसहित ५ वटा अस्पताल तोकेको छ ।

वैदेशिक रोजगार विभागले १७ देखि २३ पुससम्म स्वास्थ्य परीक्षण गराउनुपर्ने जनाएको छ । स्वास्थ परीक्षणका लागि कामदारले १२ हजार रुपैयाँ हाराहारीमा शुल्क बुझाउनुपर्ने छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved