
चालु आर्थिक वर्षको छ महिनामा युनाइटेड अरब इमिरेट्स (युएई) नेपालीहरूको रोजगारीको लागि प्रमुख गन्तव्य बनेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पुस महिना सम्मको तथ्यांकमा सबैभन्दा धेरै कामदार युएईमा गएका पाइएको हो ।
यस अवधिमा युएईमा एक लाख २२ हजार ८२९ जना पुगेका छन् । यसमा व्यक्तिगत तथा संस्थागत नया श्रम स्वीकृति लिएका तथा पुनः श्रम स्वीकृति लिएका सबै कामदार समेटिएका छन् । पुस मसान्तसम्म श्रम स्वीकृति लिएर विदेसिएका कूल संख्याको २५ प्रतिशत हिस्सा युएईले ओगटेको छ।
उक्त अवधिमा तीन लाख ९३ हजार ६७ जना श्रम स्वीकृति लिएर रोजगारीका लागि विभिन्न मुलुकमा गएका छन् । यसरी थम स्वीकृति लिनेमध्ये दुई २ हजार ६२५ जना नयाँ रहेका छन् । जसमा ६४ हजार ४५९ जना व्यक्ति श्रम स्वीकृति लिएका छन् भने एक १६१ हजार १६६ जना म्यानपावर कम्पनीमार्फत श्रम स्वीकृति लिएर गएका हुन् ।
युएई पछि दोस्रो स्थानमा साउदी अरविया रहेको छ । उक्त अवधिमा साउदीका लागि हजार ४६८ जना श्रम स्वीकृति लिएका छन् । तेस्रोमा रहेको कतारका लागि १ हजार १७३ जनाले श्रम स्वीकृति लिएका छन् । चौथोमा रहेको कुवेतमा जान २० हजार २४२ जनाले श्रम स्वीकृति लिएको तथ्यांकले देखाएको हो ।