
चालु आर्थिक वर्षको नौ महिनामा करिव ७ दाख नेपाली श्रमिक रोजगारीका लागि देश छोडेर विदेशिएका छन् । वैदेशिक रोजगार विभागको अनुसार गत वर्ष साउनदेखि चैत मसान्तसम्म नौ महिनाको अवधिमा नयाँ तथा पुनः श्रम स्वीकृति लिएर ६ लाख सात हजार ८७४ श्रमिक विदेशिएका हुन् ।
नौ महिनाको अवधिमा पाँच लाख ३९ हजार ७१४ पुरुष विदेशिएका छन् भने ६८ हजार १६० जना नेपाली महिलाले रोजगारीका लागि मुलुका छाडेको तथ्यांकले देखाएको छ । विभागले सार्वजनिक गरेको विवरण अनुसार चैत महिनामा मात्र ७३ हजार ४०३ श्रमिक रोजगारको शिलशिलामा विदेशिएका छन् । जसमा ६५ हजार ५६७ पुरुष रहेका छन् भने ७ हजार ८३६ जना महिला रहेका छन् ।
अघिल्लो महिनाको तुलनामा चैतमा विदेसिनेको संख्या बढेको देखीएको छ । गत फागुनमा ६८ हजार ९६३ जना श्रम स्वीकृति लिएर विदेश गएका थिए । यो संख्या चैतमा झण्डै साढे चार हजारले बढेको हो ।
वैदेशिक रोजगारीमा जाने अधिंकाश श्रमिकको पहिलो रोजाई यूएई रहेको छ । चैत महिनामा मात्र २३ हजार ६७१ श्रमिक यूएई गएका छन् ।
दोश्रोमा श्रमिकको रोजाई साउदी अरेबिया रहेको तथ्यांकमा देखिएको छ । गएको चैत महिनामा १४ हजार ७७ श्रमिक कामको लागि साउदी गएका छ्न् । त्यस्तै तेस्रोमा श्रमिकको गन्तव्य कतार देखिएको छ । एक महिनामा ११ हजार १४५ श्रमिक कतार गएका छन् ।