युनिभर्सल पावर लिमिटेडले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा १ करोड १० लाख कमाएको छ । खर्च कटौती र करपछि कम्पनीको खुद नाफा ४२ लाख ५७ हजार रहेको छ ।
समिक्षा अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ०.६०, प्रतिशेयर नेटवर्थ १००.०७, तरलता अनुपात १९.९८, प्रतिशेयर कुल सम्पतिको मूल्य १४६.६६, र मूल्य आम्दानी अनुपात १५६.१० रहेको छ ।
आयोजना अझै निर्माणाधीन अवस्था मै रहेकोले कम्पनीले बिद्युत बिक्रि गर्न थालेको छैन । कम्पनीले ५ मेगावाटको रुकुम गाढ़ आयोजनामा १४ करोड ४२ लाख लगानी गरेको छ । त्यस्तै कम्पनीले दोलखामा निर्गमाण गरिरहेको ११ मेगावाटको तल्लो खारे आयोजना अन्तिम चरणमा पुगेको छ । कम्पनीले माथिल्लो ईङखु खोला आयोजना अध्ययन गरिरहेको जनाएको छ ।