रसुवागढी हाइड्रोको साधारणसभा आह्वान, यस्ता छन् ५ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2019 | 11:38:56 AM मा प्रकाशित

laxmi  sunrise bank

रसुवागढी हाइड्रोपावर कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर १९ गते बिहिबार राष्ट्रिय सभागृह भृकुटीमण्डपमा सभा आव्हान गरेको हो । 

कम्पनीले सभामा वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, नगद प्रवाह हिसाब, लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्ताव पेश गर्ने छ । त्यस्तै कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पनि सभामा पेश हुने छ कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर ४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा  भाग लिन पाउने छन् 

कम्पनीले १११ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजना सरकारको 'जनताको जलविद्युत योजना'मा समावेश भएको छ 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved