सानिमा माई हाइड्रोको लाभांश घोषणा, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2019 | 11:27:17 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा माई हाइड्रो Sanima Mai Hydropower Limited  ले लाभांश घोषणा गरि साधारणसभा आह्वान गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरि साधारणसभा आह्वान गरेको हो 

जस अनुसार कम्पनीले आर्थिक बर्ष ७५/७६ सम्मको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद (कर प्रयोजनको लागि ) गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ 

कम्पनीले पुस २७ गते साधारणसभा आह्वान गरेको छ । साधारणसभा प्रयोजनको लागि बैंकले पुस ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ६ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved