अपि पावरले यसै महिना हकप्रद निष्काशन गर्ने, आयोगले तोकेको शर्त पुरा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2020 | 11:40:34 AM मा प्रकाशित

laxmi  sunrise bank

अपि पावर कम्पनीले निर्माण गर्ने ४० मे.वा क्षमताको माथिल्लो चमेलियाको बित्तिय व्यवस्थापन हिमालयन बैंक लिमिटेडले गर्ने भएको छ । हिमालयन बैंकको संचालक समितिले यस आयोजनाको अगुवा बैंक भई सहवित्तियकरण मार्फत लगानी गर्ने निर्णय गरेको कम्पनीले जनाएको हो । 

कम्पनीले चमेलिया नदिमा आफ्नो तेस्रो आयोजना निर्माण कार्य शुरु गरिसकेको छ । कम्पनीले ३० महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका लिएको कम्पनीका कार्यकारी संचालक संजिव न्यौपानेले बताए । दार्चुला जिल्लामानै कम्पनीको यो तेस्रो आयोजना हो । यस अघि कम्पनीले ८.५ मे.वा को नौगड गाढ र ८ मे.वा को अप्पर नौगड गाढको निर्माण सम्पन्न गरि आय आर्जन गरिरहेको छ ।

कम्पनीले यहि श्रावण महिनाको दोस्रो साता भित्र १ बराबर ०.४७ को हकप्रद शेयर यहि आयोजना निर्माणको लागि आह्वान गर्ने जनाएको छ । सिद्धार्थ क्यापिटल  यस हकप्रद जारि गर्ने विक्री प्रवन्धक रहेको छ ।

कम्पनीले शर्त सहित हकप्रद निष्काशनको अनुमति पाएको थियो । कम्पनीले १:२ को अनुपातमा २०० प्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति माग गरेको नेपाल धितोपत्र बोर्डले ४७.६१ प्रतिशत हकप्रद मात्र निष्काशन गर्ने गरी अनुमति दिएको हो । कम्पनीले ५६ करोड ७० लाख बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशनको अनुमति पाएको हो । विद्युत नियमले आयोगले तोकेको शर्त पुरा गरेपछि कम्पनीले  बाँकि हकप्रद निष्काशनको अनुमति पाउने भएको छ।

आयोगले कम्पनीलाई केहि शर्त राखेर हकप्रद निष्काशनको अनुमति दिएको थियो । आयोगले सर्वसाधारणलाई शेयर निष्काशन गर्नु अगाडी संस्थापकले कबुल गरेको रकम बुझाई सक्नु पर्ने शर्त राखेको थियो । त्यस्तै आयोगले पहिलो चरणमा हकप्रदबाट उठेको रकमबाट भएको आयोजनाको प्रगति हेरेर मात्र थप हकप्रद निष्काशनको लागि अनुमति दिने जनाएको छ ।

बोर्डले कम्पनीलाई सर्वसाधारणलाई हकप्रद निष्काशन गर्नु ३ दिन अगाडी सम्ममा आयोजनाको लागि लगानी जुटेको 'फाईनानसियल क्लोजर' को विवरण पेश गर्नु पर्ने शर्त समेत राखेको थियो  ।  यी शर्त पुरा गरेसंगे कम्पनीले हकप्रद निष्काशन गर्ने तयारी गरेको हो  । 

जलविद्युत आयोजनामा हुने बेथिति रोक्न यस्तो कदम चालिएको आयोगले जनाएको छ । अपि पावरले ४० मे.वा. क्षमताको माथिल्लो चमेलिया जलविद्युत बनाउन हकप्रद निष्काशन गर्ने योजना बनाएको हो  । पहिलो चरणबाट उठेको रकमबाट आयोजनामा भएको प्रगति हेरेर आयोगले थप हकप्रद शेयर निष्काशनको लागि अनुमति दिने छ  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved