सिनर्जी पावरको नाफा ७४ प्रतिशतले बढ्यो, संचित कोष पनि धनात्मक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2020 | 08:37:08 AM मा प्रकाशित

laxmi  sunrise bank

सिनर्जी पावर Synergy Power Development  ले आर्थिक वर्ष २०७६/७७ मा १० करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। कम्पनीले प्रकाशित गरेको आ.व.२०७६।०७७ को चौथो त्रैमासको अपरिस्कृत बित्तिय बिवरण अनुसार कम्पनीले अघिल्लो बर्ष भन्दा ७४ प्रतिशतले नाफा बृद्धि गर्न सफल भएको हो ।नाफा बृद्धिसँगसगै कम्पनीको रिजर्भ पनि पहिलो पटक धनात्मक भएको छ।अघिल्लो आर्थिक वर्ष सम्म ७ करोड ३२ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको रिजर्व यस त्रैमासमा ३ करोड ६१ लाख रुपैयाँले धनात्मक भएको छ।

बिद्युत बिक्रिमा भएको बृद्धि र बित्तिय खर्चमा कमी आए सँगै कम्पनीको आर्थिक अवस्था सवल भएको छ । गत बर्ष १९ करोड १९ लाख रुपैयाँ मात्र बिद्युत बिक्रि गरेको कम्पनीले यस आर्थिक बर्षमा झन्डै ४ करोड ४२ लाख रुपैयाँले बृद्धि गरी २३ करोड ६२ लाख रुपैयाँको बिद्युत बिक्रि गरेको छ।अन्य आम्दानी गत बर्षको तुलनमा न्यून रहे पनि बिद्युत बिक्रिको आम्दानी बढेका कारण कम्पनीको खुद नाफा पनि बढेको छ।नाफासँगै कम्पनीको प्रति शेयर आम्दानीमा पनि उल्लेख्य सुधार भएको छ । गत आर्थिक वर्ष ७५/७६ मा ८.९७ पैसा रहेको प्रतिशेयर आम्दानीलाई यस बर्ष १५.६३ रुपैयाँ पुगेको छ।कम्पनीका अन्य बित्तिय सुचकांकहरुमा पनि सुधार भएका छन।प्रति शेयर नेट वर्थ १०५.१६, तरलता अनुपात ६.०३ प्रतिसत, प्रति शेयर कुल सम्पतिको मुल्य रु १९०.१८ र मुल्य आम्दानी अनुपात ६.२७ प्रतिशत रहेको छ 

 कम्पनीले उर्जा मन्त्रालयबाट  पोस्टेड दर वापतको ७ करोड ९७ लाख रुपैयाँ प्राप्त भएको  र बाँकी ५ करोड रुपैयाँ प्राप्त हुनु पर्नेमा देखाइएको जनाएको छ।त्यस्तै कम्पनीले यसै आर्थिक बर्षमा सिंगटी–लामासाँघु १३२ के.भी. प्रशारणलाइन तथा सिगटी सब-स्टेशन पुरा हुने र आउँदो बर्षबाट पूर्ण क्षमतामा आयोजना सञ्चालन हुनेमा कम्पनी आशाबादी रहेको छ । सिनर्जी पावरले दोलखामा१० मेगावाटको सिप्रिङ खोला जलबिद्युत आयोजना संचालन गरिरहेको छ  


कम्पनीले शेयर डिम्याट नगराएका लगानीकर्तलाई शेयर डिम्याट गराउन समेत आग्रह गरेको छ   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved