७३१ गुणाले बढ्यो अरुण काबेलीको नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2020 | 10:12:15 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७६/७७ मा अरुण काबेली पावरको खुद नाफा ७३१ गुणाले बढेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष ७५/७६ मा डेढ लाख मात्र खुद नाफा कमाएकोमा आर्थिक वर्ष ७६/७७ मा खुद नाफा बढेर १० करोड ९७ लाख पुगेको हो ।

कम्पनीको विद्युत बिक्रिबाट आम्दानी हुन थालेपछि खुदनाफा ह्वात्तै बढेको देखिएको हो । कम्पनीले यस अवधिमा बिद्युत बिक्रिबाट ४० करोड ७३ लाख आम्दानी गरेको छ । कम्पनीले निर्माण गरेको २५ मेगावाटको काबेली बी १ जलविद्युत आयोजनाले गत कार्तिकबाट व्यवसायीक उत्पादन सुरु गरेको थियो । सोहि विद्युत बिक्रिबाट कम्पनीको आम्दानी बढेको हो 

 कम्पनीको चुक्ता पुँजी डेढ अर्ब रहेको छ भने रिजर्भमा ९ करोड ४२ लाख रहेको छ। कम्पनीको प्रति शेयर आम्दानी ७ रुपैयाँ ३२ पैसा, नेटवर्थ १०६.२८ रहेको छ भने मूल्य आम्दानी अनुपात १५.८५ गुणा रहेको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved