सिनर्जी पावरले २२ मेगावाटको नयाँ आयोजनामा लगानी गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2020 | 10:43:23 AM मा प्रकाशित

laxmi  sunrise bank

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले नयाँ जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले सोलुखुम्बु जिल्लामा रहेको आयोजनामा लगानी गर्ने निर्णय गरेको हो ।

जस अनुसार कम्पनीले सोलुखुम्बुको होंगु खोलामा रहेको २२ मेगावाटको 'मध्य होंगु खोला ए' जलबिद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको हो । यस आयोजनामा कम्पनीले स्वपुँजीको ४० प्रतिशत शेयर लगानी गर्ने उल्लेख गरिएको छ । कम्पनीले आयोजनामा लगानी गर्ने निर्णय सम्बन्धि प्रस्ताव कम्पनीको पुस २२ गते हुने साधारणसभामा पेश गर्ने भएको हो । यस आयोजनाले विद्युत उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरि नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्रि सम्झौता गरिसकेको जनाईएको छ ।

कम्पनीले २०७७ असारसम्मको खुद मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरि कुल ५ प्रतिशत लाभांश वितरणको पनि प्रस्ताव यस अघि नै गरिसकेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved