अपि पावरको ४ मेगावाटको सोलार आयोजनाको लागि जुट्यो लगानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2021 | 09:54:17 AM मा प्रकाशित

अपि पावर कम्पनी Api Power Company  ले रौतहटको चन्द्रनिगाहापुर निर्माण गरिरहेको ४ मेगावाटको सोलार आयोजनाको लागि लगानी जुटेको छ । आयोजना र बैंक अफ काठमाडौँबीच आयोजनामा लगानी गर्ने सम्बन्धि सम्झौतामा पुस २० गते हस्ताक्षर भएको हो ।

सम्झौतामा अपि पावरका तर्फबाट अध्यक्ष सतिश न्यौपाने र बैंकको तर्फबाट चिफ बिजनेश अफिसर बिमल दगाले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार आयोजनामा बैंकले २४ करोड ७५ लाख लगानी गर्ने छ भने अपि पावरले ८ करोड २५ लाख लगानी गर्ने छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved