यस्तो छ सोमबार राति काठमाडौँ सहित देशको धेरै ठाउँमा बत्ति जानुको कारण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2021 | 09:19:33 AM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार राति १० बजे काठमाडौँ उपत्यका सहित देशका अधिकांश स्थानमा बत्ति गयो । सोमबार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नेपाल विद्युत प्राधिकरणलाई बिजुली प्रवाह नियमित गर्न निर्देशन दिएको थियो ।

अझ संयोग त के भयो भने जति बेला नेपालको अधिकांश ठाउँमा बत्ति गयो त्यति बेला भारतीय च्यानलमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष अन्तर्वार्ता प्रसारण भईरहेको थियो । 

कसरी गयो त देशका अधिकांश ठाउँमा एक साथ बत्ति ? नेपला विद्युत प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाका अनुसार कलंकीको स्युचाटार सबस्टेशनमा रहेको १३२ केभी ट्रान्समिसन सिस्टमको करेन्ट ट्रान्सफरमर पड्किएकोले मध्य नेपाल र पश्चिमी नेपालको भूभागमा सप्लाई अवरुद्द भएको बताए । उनका अनुसार यसलाई प्राविधिक भाषामा CT brust भनिन्छ ।

प्रवक्ता तिम्सिनाले सोमबार राति १०:४५ बाटै सबैतिर लाइन सुचारू गरिएको जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved