'एचआईडिसीएलले हकप्रद निष्काशन लगत्तै लाभांश प्रस्ताव गर्छ'

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jan 13, 2021 | 08:09:14 PM मा प्रकाशित

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) ले हकप्रद निष्काशन गरेपछि लाभांश बाड्ने घोषणा गरेको छ। कम्पनीको वर्तामान अवस्था र भावी कार्ययोजना सार्वजनिक गर्न बुधबार आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले हकप्रदपछि लाभांश बाड्ने बताएका हुन्  ।

सीइओ पोखरेलले हाल हकप्रद निष्काशनको चरणमा रहेकोले लाभांश बाड्न नमिलेकोले हकप्रद निष्काशन गरेको एक महिनापछि संचालक समितिबाट निर्णय गरेर लाभांश बाड्ने बताएका हुन्  । उनले हाल प्रक्रियामा रहेको हकप्रदले समेत पाउने गरि लाभांश वितरण गरिने बताए  । उनका अनुसार कम्पनीले १ अर्ब २ करोड नाफा कमाएकोले लाभांश दिन सकिने अवस्था छ  । 

कम्पनीले माघ महिनासम्ममा हकप्रदको लागि सूचना जारि गर्ने समेतउल्लेख गरेको छ  ।  कम्पनीले हकप्रदको लागि हालसम्म संस्थापक शेयरधनीहरुबाट ५ अर्ब ५० करोड प्राप्त भईसकेको जनाएको छ । कम्पनीले अर्थ मन्त्रालयबाट २.२० अर्ब र उर्जा मन्त्रालय , कानुन मन्त्रालय र महालेखा नियन्त्रकको कार्यालयबाट समान १.१० अर्ब प्राप्त भईसकेको जनाएको छ । अन्य संस्थापक शेयरधनीलाई हकप्रद शेयर लिनको लागि आवश्यक निर्णय गरिदिनको लागि छलफल भईरहेको कम्पनीले जनाएको छ ।

संस्थापक शेयरधनीबाट रकम जम्मा हुने सुनिश्चितता भएपछि र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले सर्बसाधारणलाई हकप्रद निष्काशन गर्ने छ । साथै कम्पनीले हकप्रदको रेटिंग कार्य पनि अगाडी बढाएको जनाएको छ ।

कम्पनीले १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।कम्पनीमा अर्थ मन्त्रालयको २० प्रतिशत, उर्जा मन्त्रालयको १० प्रतिशत, कानुन मन्त्रालयको १० प्रतिशत, महालेखा नियन्त्रक कार्यालयको १० प्रतिशत, कर्मचारी संचय कोषको १० प्रतिशत, राष्ट्रिय बीमा संस्थानको १० प्रतिशत, नागरिक लगनी कोषको १० प्रतिशत र सर्बसाधारणको २० प्रतिशत शेयर लगानी रहेको छ । 

कम्पनीले आज नै आर्थिक वर्ष ७६/७७ को साधारणसभा सम्पन्न गरेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved