२० बढी आयोजनामा एचआईडिसिएलको अर्वौ लगानी, कुनको अवस्था कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2021 | 10:06:15 AM मा प्रकाशित

laxmi  sunrise bank

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल) ले हालसम्म कुल ४७८ मेगावाट क्षमताका १३ वटा आयोजनाहमा ऋण लगानी गर्ने निर्णय गरेको छ। कम्पनीले यी १३ आयोजना १० अर्ब ८८ करोड ऋण लगानी गर्ने निर्णय गरेको हो । जस मध्ये कुल ४ अर्ब ९८ करोड ऋण प्रवाह भईसकेको कम्पनीले जनाएको छ।

कम्पनीबाट ऋण लगानी भएका आयोजनाह मध्ये कुल ९०.६ मेगावाटका ४ वटा संचालनमा आईसकेको र १८२ मेगावाटका कुल ४ वटा आयोजनाह  यसै आर्थिक वर्ष भित्र संचालनमा आउने देखिएको कम्पनीले जनाएको छ।

त्यस्तै कम्पनीले हालसम्म १५६८ मेगावाट क्षमता ६ वटा जलविद्युत आयोजनाह तथा ४ वटा जलविद्युत क्षेत्रसँग सम्बन्धित विभिन्न कम्पनीहमा कुल ९ अर्ब ४५ करोड स्वपूँजी लगानी गर्ने निर्णय गरेको छ । जस मध्ये हालसम्म कुल ९५ करोड रकम प्रवाह भई सकेको कम्पनीले जनाएको छ ।

हेर्नुस कम्पनीले लगानी गरेको कम्पनीहको अवस्था :

निर्माणाधीन आयोजनाहरु


मिस्त्री खोला जलविद्युत आयोजना (४२ मेगावाट), म्याग्दी

(आयोजना प्रवर्द्धक: माउन्टेन इनर्जी नेपाल लिमिटेड)

आयोजनाको कुल लागत:  ५७८ करोड

आयोजनाको कुल ऋण रकम: ४२४ करोड

कम्पनी ले ऋण लगानी गर्ने कुल रकम: १०८.७ करोड

कम्पनीले हाल सम्म लगानी गरेको रकम: ९१ करोड ४२ लाख

आ.व. २०७७/७८ को पहिलो चौमासिक लगानी: ४ करोड ६ लाख

 आयोजनाको हाल सम्मको प्रगति: आयोजनाको करिव ९८% निर्माण कार्य सम्पन्न भएको (यहि आर्थिक वर्ष भित्र निर्माण सम्पन्न हुने) ।

 

दोर्दी ज.वि.आ (२७ मेगावाट), लमजुंग 

(आयोजना प्रवर्द्धक: हिमालयन पावर पार्टनर लिमिटेड) 

आयोजनाको कुल लागत:  ४२३ करोड 

आयोजनाको कुल ऋण रकम: ३१७ करोड 

कम्पनी ले ऋण लगानी गर्ने कुल रकम: ५० करोड 

कम्पनीले हाल सम्म लगानी गरेको रकम: ४० करोड ७७ लाख 

आ.व. २०७७/७८ को पहिलो चौमासिक लगानी: १ करोड ११ लाख

 आयोजनाको हाल सम्मको प्रगति: आयोजनाको करिव ८५% निर्माण कार्य सम्पन्न भएको (यहि आर्थिक वर्ष भित्र निर्माण कार्य सम्पन्न हुने) ।


न्यादी ज.वि.आ (३० मेगावाट), लमजुङ 

(आयोजना प्रवर्द्धक: न्यादी हाइड्रोपावर लिमिटेड) 

आयोजनाको कुल लागत:  ५८६ करोड 

आयोजनाको कुल ऋण रकम: ४४४ करोड 

कम्पनीले ऋण लगानी गर्ने कुल रकम: ५४ करोड २५ लाख 

कम्पनीले हाल सम्म लगानी गरेको रकम: ३२करोड ५२ लाख 

आ.व. २०७७/७८ को पहिलो चौमासिक लगानी: ६९ लाख 

आयोजनाको हाल सम्मको प्रगति: आयोजनाको करिव ८८% निर्माण कार्य सम्पन्न भएको ।

 

तल्लो सोलु ज.वि.आ (८२ मेगावाट), सोलुखुम्बु 

(आयोजना प्रवर्द्धक: सोलु हाइड्रोपावर प्रा.लि.) 

आयोजनाको कुल लागत:  १८३२ करोड 

आयोजनाको कुल ऋण रकम (नेपाली तर्फको): ३०० करोड

 कम्पनी ले ऋण लगानी गर्ने कुल रकम: ६० करोड 

कम्पनीले हाल सम्म लगानी गरेको रकम: ४३ करोड ५५ लाख 

आ.व. २०७७/७८ को पहिलो चौमासिक लगानी: ५९ लाख 

आयोजनाको हाल सम्मको प्रगति: आयोजनाको करिव ९०% निर्माण कार्य सम्पन्न भएको ।

 

तल्लो लिखु ज.वि.आ. (२८ मेगावाट), रामेछाप 

(आयोजना प्रवर्द्धक: स्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड) 

आयोजनाको कुल लागत:  ५५९.५ करोड 

आयोजनाको कुल ऋण रकम: ४१९.३ करोड 

कम्पनीले ऋण लगानी गर्ने कुल रकम: ८० करोड 

कम्पनीले हाल सम्म लगानी गरेको रकम: ३५ करोड १५ लाख 

आ.व. २०७७/७८ को पहिलो चौमासिक लगानी: ६ करोड ६७ लाख 

आयोजनाको हाल सम्मको प्रगति: आयोजनाको करिव ५०% निर्माण कार्य सम्पन्न भएको

  

माथिल्लो सोलु ज.वि.आ. (१८ मेगावाट), सोलुखुम्बु 

(आयोजना प्रवर्द्धक: बेनी हाइड्रोपावर प्रा.लि.) 

आयोजनाको कुल लागत: ३२७ करोड 

आयोजनाको कुल ऋण रकम: २२९ करोड 

कम्पनी ले ऋण लगानी गर्ने कुल रकम: २० करोड 

कम्पनीले हाल सम्म लगानी गरेको रकम: १० करोड ३१ लाख 

आ.व. २०७७/७८ को पहिलो चौमासिक लगानी: ३ करोड ५४ लाख 

आयोजनाको हाल सम्मको प्रगति: आयोजनाको करिव ५०% निर्माण कार्य सम्पन्न भएको

 

सोलु खोला (दुधकोशी) ज.वि.आ. (८६ मेगावाट), सोलुखुम्बु 

(आयोजना प्रवर्द्धक: साहस उर्जा लिमिटेड) 

आयोजनाको कुल लागत: ११८५ करोड 

आयोजनाको कुल ऋण रकम: ९०५ करोड 

कम्पनीले ऋण लगानी गर्ने कुल रकम: ९० करोड 

कम्पनीले हाल सम्म लगानी गरेको रकम: ३४ करोड ३८ लाख 

आ.व. २०७७/७८ को पहिलो चौमासिक लगानी: ७ करोड ८३ लाख 

आयोजनाको हाल सम्मको प्रगति: आयोजनाको करिव ६५% निर्माण कार्य सम्पन्न भएको ।

 

अपर त्रिशुली ३ बी ज.वि.आ. (३७ मेगावाट), रसुवा, नुवाकोट 

(आयोजना प्रवर्द्धक: त्रिशुली जलविद्युत कम्पनी लिमिटेड) 

आयोजनाको कुल लागत: ८२३ करोड 

आयोजनाको कुल ऋण रकम: ४६०करोड 

कम्पनी ले ऋण लगानी गर्ने कुल रकम: १५० करोड 

कम्पनीले हाल सम्म लगानी गरेको रकम: २७ करोड ८९ लाख 

आ.व. २०७७/७८ को पहिलो चौमासिक लगानी: ६ करोड ७६ लाख 

आयोजनाको हाल सम्मको प्रगति: आयोजनाको करिव ४५% निर्माण कार्य सम्पन्न भएको ।

 

काबेली ए ज.वि.आ (३७.६ मेगावाट), रसुवा, नुवाकोट 

(आयोजना प्रवर्द्धक: काबेली इनर्जी लिमिटेड) 

आयोजनाको कुल लागत: १००० करोड 

कम्पनीले ऋण अनलेन्ड गर्ने कुल रकम: ४०० करोड 

कम्पनीले हाल सम्म लगानी गरेको रकम:१०० करोड 

आ.व. २०७७/७८ को पहिलो चौमासिक लगानी: नभएको 

आयोजनाको हाल सम्मको प्रगति: आयोजनाको करिव ५% निर्माण कार्य सम्पन्न भएको। तर हालमा आयोजनाको निर्माणकार्य स्थगित रहेको ।

 

निर्माण सम्पन्न भई संचालनमा रहेका आयोजनाहरु 

काबेली वि १ ज.वि.आ (२५ मेगावाट), पाँचथर 

(आयोजना प्रवर्द्धक: अण कावेली पावर लिमिटेड) 

आयोजनाको कुल लागत:  ४०० करोड 

आयोजनाको कुल ऋण रकम: २८३ करोड 

कम्पनीले ऋण लगानी गर्ने कुल रकम: २० करोड 

कम्पनीले हाल सम्म लगानी गरेको रकम: २० करोड 

आयोजनाको हाल सम्मको प्रगति: आयोजना निर्माण सम्पन्न भई संचालनमा रहेको ।

 

तल्लो हेवा ज.वि.आ (२१.६ मेगावाट), पाँचथर 

(आयोजना प्रवर्द्धक: माउन्टेन हाइड्रो प्रा. लि.) 

आयोजनाको कुल लागत:  ४५३ करोड 

आयोजनाको कुल ऋण रकम: ३०५ करोड 

कम्पनी ले ऋण लगानी गर्ने कुल रकम: १५ करोड 

कम्पनीले हाल सम्म लगानी गरेको रकम: १५ करोड 

आयोजनाको हाल सम्मको प्रगति: आयोजना निर्माण सम्पन्न भई संचालनमा रहेको ।

 

बागमती साना ज.वि.आ (२० मेगावाट), मकवानपुर र ललितपुर 

(आयोजना प्रवर्द्धक: मान्डु हाइड्रोपावर लिमिटेड) 

आयोजनाको कुल लागत:  ३६१ करोड 

आयोजनाको कुल ऋण रकम: ३०५ करोड 

कम्पनी ले ऋण लगानी गर्ने कुल रकम: २० करोड 

कम्पनीले हाल सम्म लगानी गरेको रकम: २० करोड 

आयोजनाको हाल सम्मको प्रगति: आयोजना निर्माण सम्पन्न भई संचालनमा रहेको

 

सोलुखोला ज.वि.आ (२३.५ मेगावाट), सोलुखुम्बु

 (आयोजना प्रवर्द्धक: अपर सोलु हाइड्रोइलेक्ट्रिक लिमिटेड) 

आयोजनाको कुल लागत:  ४१० करोड 

आयोजनाको कुल ऋण रकम: ३०७.५ करोड 

कम्पनी ले ऋण लगानी गर्ने कुल रकम: २० करोड 

कम्पनीले हाल सम्म लगानी गरेको रकम: २० करोड 

आयोजनाको हाल सम्मको प्रगति: आयोजना निर्माण सम्पन्न भई संचालनमा रहेको तर सोलु कोरिडोर निर्माण नभइसकेकोले पूर्ण क्षमतामा संचालन हुन नसकेको ।

 

कम्पनीबाट स्वपूँजी/शेयर लगानी भएका आयोजनाहरु

घुन्सा खोला ज.वि.आ.(७७.५ मेगावाट), ताप्लेजुंग

प्रबर्दक : (रेमिट हाइड्रो लिमिटेड) 

आयोजनाको कुल लागत:  १७६२ करोड 

कम्पनीले ऋण लगानी गर्ने शेयर रकम: २१३ करोड 

कम्पनीले हाल सम्म लगानी गरेको रकम: ३५.५ करोड  

आयोजनाको हाल सम्मको प्रगति: डीटेल्ड इन्जिनियरिङ डीजाइनको काम अन्तिम चरणमा रहेको, पहुँच मार्गको पुल निर्माण कार्य भई रहेको, आयोजनाको लागि जग्गा प्राप्ति भई रहेको र आयोजनाको लागि आवश्यक पहुँच मार्ग र आवश्यक २ वटा पुल निर्माण कार्य भई रहेको।

 

सिम्बुवा ज.वि.आ.(७०.३ मेगावाट), ताप्लेजुंग

प्रबर्दक : (सिम्बुवा रेमिट हाइड्रो लिमिटेड) 

आयोजनाको कुल लागत:  १३४४ करोड 

कम्पनीले ऋण लगानी गर्ने शेयर रकम: १९४ करोड 

कम्पनीले हाल सम्म लगानी गरेको रकम: २५ करोड 

आ.व २०७७/७८ को प्रथम चौमासिक लगानी: २५ करोड  

आयोजनाको हाल सम्मको प्रगति: डीटेल्ड इन्जिनियरिङ डीजाइनको काम भई रहेको, आयोजनाको लागि जग्गा प्राप्ति सुरु गरिएको।


नुप्चे लिखु ज.वि.आ.(५७.५ मेगावाट), रामेछाप

प्रबर्दक : (भिजन इनर्जी पावर लिमिटेड) 

आयोजनाको कुल लागत:  १०५८ करोड कम्पनीले ऋण लगानी गर्ने शेयर रकम: ५० करोड 

कम्पनीले हाल सम्म लगानी गरेको रकम: छैन  

आयोजनाको हाल सम्मको प्रगति: निर्माण कार्य सुरु भई करिव ५% भौतिक प्रगति हासिल भएको ।

 

सेती ज.वि.आ.(२५ मेगावाट), कास्की

प्रबर्दक : (भिजन लुम्बिनी पावर लिमिटेड) 

आयोजनाको कुल लागत:  ५०० करोड 

कम्पनीले ऋण लगानी गर्ने शेयर रकम: २० करोड 

कम्पनीले हाल सम्म लगानी गरेको रकम:  छैन

आयोजनाको हाल सम्मको प्रगति: आयोजनाको मुख्य निर्माण कार्य सुरु भएको ।

 

फुकोट कर्णाली ज.वि.आ (४२६ मेगावाट), कालिकोट

प्रबर्दक : (विद्युत उत्पादन कम्पनी लिमिटेड) 

आयोजनाको कुल लागत:  ९४६२.५ करोड 

कम्पनी ले ऋण लगानी गर्ने शेयर रकम: १२६ करोड 

कम्पनीले हाल सम्म लगानी गरेको रकम:  छैन

आयोजनाको हाल सम्मको प्रगति: आयोजनाको डीटेल्ड डीजाइनको काम भई रहेको।

 

माडी जलाशययुक्त ज.वि.आ (१५६ मेगावाट), रोल्पा

प्रबर्दक (एचआईडीसिएल र पावर चाईनाको जोइन्ट भेन्चर) 

आयोजनाको कुल लागत:  ३२०० करोड (प्रारम्भिक अनुमान)

 कम्पनीले ऋण लगानी गर्ने शेयर रकम: २५० करोड 

कम्पनीले हाल सम्म लगानी गरेको रकम: छैन

आयोजनाको हाल सम्मको प्रगति: सम्भाव्यता अध्ययनको कार्य भई रहेको ।


तमोर जलाशययुक्त ज.वि.आ (७५६ मेगावाट), पाँचथर र तेह्रथुम

प्रबर्दक : (एचआईडीसिएल र पावर चाईनाको जोइन्ट भेन्चर) 

आयोजनाको कुल लागत: यकिन हुन बाँकि 

कम्पनीले ऋण लगानी गर्ने शेयर रकम: -- 

कम्पनीले हाल सम्म लगानी गरेको रकम: -- 

आयोजनाको हाल सम्मको प्रगति: सर्वेक्षण अनुमतिपत्र प्राप्त गर्ने सम्बन्धमा कार्य भई रहेको। 

यी बाहेक कम्पनीले पावर ट्रान्समिसन कम्पनी लिमिटेड (४४० केभि ढल्केबर-मुजफ्फरपुर प्रशारण आयोजनाको नेपाल खण्ड) मा १४ प्रतिशत शेयर पुँजी, बिद्युत उत्पादन कम्पनी लिमिटेडमा ४ प्रतिशत शेयर पुँजी, एन ई ए इन्जिनीयरिंग कम्पनी लिमिटेडमा १५ प्रतिशत शेयर पुँजी, र नेपाल पावर ट्रेडिंग कम्पनी लिमिटेडमा १५ प्रतिशत शेयर पुँजी लगानी गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved