सुनकोशी–मरिण डाइभर्सन आयोजनाको शिलान्यास गर्न प्रधानमन्त्री सिन्धुली जाँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2021 | 10:14:27 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रि गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको आज प्रधानमन्त्रीले शिलान्यास गर्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिन्धुलीको कुसुमटारमा डाइभर्सन आयोजनाको शिलान्यास गर्ने भएका हुन् । 

सुनकोशी नदीको पानीलाई १४ किलोमिटर लामो सुरुङबाट मरिण नदीमा जोडिनेछ । आयोजनाबाट ३१ मेगावाट बिजुली निकाल्ने र धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका १ लाख २२ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुर्याउने लक्ष्य राखिएको छ । प्रधानमन्त्रीका विकास मामिला सल्लाहकार गजेन्द्र थपलियाका अनुसार सिन्धुलीको कमलामाई नगरपालिका–२ को कुसुमटारमा आयोजनाको शिलान्यास समारोह आयोजना गरिएको छ ।

प्रधानमन्त्री ओलीसँगै उर्जा जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझी, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल, प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउत, चिनियाँ राजदूत होउ यान्छी लगायतको टोली आज सिन्धुली जाँदैछ । 

ओली प्रधानमन्त्री भएपछि गत आर्थिक वर्ष २०७६–०७७ को बजेटमार्फत सुनकोशी–मरिण डाइभर्सन आयोजनालाई राष्ट्रिय गौरवको बहुउदेश्यीय आयोजना घोषणा गरिएको थियो । 

आयोजना निर्माणका लागि २ अर्ब ५ करोड रुपैयाँको बजेट समेत विनियोजन भइसकेको छ । डाइभर्सन आयोजनाको सुरुङ खन्ने ठेक्का १० अर्ब ५ करोड ६८ लाखमा चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले पाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved