बागमती र प्रदेश १ का यी स्थानमा आज बिजुली काटिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2021 | 09:51:01 AM मा प्रकाशित

laxmi  sunrise bank

आज (आइतबार) बागमती प्रदेश र र प्रदेश नम्बर १ का विभिन्न जिल्लामा ८ घण्टासम्म बिजुली नआउने भएको छ । नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन मर्मत गर्नका लागि विद्युत ट्न लागिएको जनाएको छ । 

बागमती प्रदेशको धुन्चे वितरण केन्द्रमा पर्ने सान्जेल फिडर, स्याफ्रु फिडर र रसुवागढी फिडर अन्तर्गतका क्षेत्रमा आज ६ घण्टासम्म बत्ती नआउने प्राधिकरणले जानकारी दिएको छ । बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत कटौती गर्न लागिएको प्राधिकरणले सूचना नै जारी गरेर उल्लखे गरेको छ । 

प्रदेश १ को इटहरी वितरण केन्द्रमा पर्ने उद्योग लविपुर फिडर र एनटीसी फिडर अन्तर्गतका क्षेत्रमा पनि ८ घण्टा बिजुली नआउने भएको छ । यी क्षेत्रमा प्राधिकरणले आज बिहान ९ बजेदेखि दिउँसो ५ बजेसम्म विद्युत कटौती गर्न लागेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved