साना हाइड्रोलाई विशेष पुनकर्जा सुविधा दिन राष्ट्र बैंकको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2021 | 07:25:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले साना हाइड्रो पावर कम्पनीहरुलाई विशेष पुनकर्जा सुविधा दिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि संशोधन गर्दै १० मेगावाट भन्दा कम क्षमताका हाइड्रोहरुलाई विशेष पुनरकर्जा दिन निर्देशन दिएको हो ।

राष्ट्र बैंकले 'क', 'ख', 'ग', र 'घ' वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिदै १० मेगावाट भन्दा कम क्षमताका हाइड्रोहरुलाई विशेष पुनरकर्जा दिन निर्देशन दिएको हो । 

राष्ट्र बैंकले  चालु आर्थिक वर्षको अर्ध वार्षिक समीक्षा सार्वजनिक गर्दै साना हाइड्रोहरुको लागि विशेष पुनरकर्जामा पहुँच पु¥याउने ब्यबस्था गरेको थियो । सोहि ब्यबस्थालाई कार्यान्वयन गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो। राष्ट्र बैंकको यस नीति संगै साना हाइड्रोहरुले  विशेष पुनरकर्जाको सुविधा पाउने छन्   ।

यसबाट नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत साना हाइड्रोहरुलाई पनि राहत हुने छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved