संसदीय समितिले माथिल्लो तामाकोशीको स्थलगत अनुगमन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2021 | 04:43:20 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको स्थलगत अनुगमन गर्ने भएको छ । समितिका सभापति पूर्णकुमारी सुवेदीका अध्यक्षतामा आज भएको समितिको बैठकले सभापति सुवेदीका संयोजकत्वमा ११ सदस्यीय अनुगमन टोली गठन गरेको छ ।

यही चैत १४ देखि १७ गतेसम्म स्थलगत अनुगमन गर्ने संसदीय टोलीले आयोजनाको प्रारम्भ, सम्पन्न हुनुपर्ने समय, प्रस्तावित लागत, हालसम्म भएको खर्चलगायत आयोजनाको व्यवस्थापकीय पक्षबारे जानकारी लिनाका साथै सरोकार पक्षसँग छलफल गरी समितिसमक्ष प्रतिवेदन पेश गर्ने कार्यादेश पाएको छ ।

आजैको बैठकले भूमिसम्बन्धी समस्या समाधान आयोगको कामको अनुगमन गर्न समिति सदस्य राजबहादुर बुढा क्षेत्रीका संयोजकत्वमा पाँच सदस्यीय उपसमिति पनि गठन गरेको छ । उपसमितिको कार्यावधि आयोगको समयावधिभर हुने गरी निर्धारण गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved