प्राधिकरणले २ वटा सोलार आयोजनाको विद्युत प्रति युनिट १६ रुपैयाँ ६० पैसामा किन्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2021 | 08:04:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले २ वटा सोलार आयोजनाको विद्युत खरिद बिक्रि सम्झौता (पिपिए) गरेको छ । प्राधिकरणले आज शुक्रबार ADB viability gap funding अन्तर्गतका २ वटा आयोजनाको पिपिए गरेको हो । 

प्राधिकरणका अनुसार सौर्य विद्युत पावर प्रालिले नवलपरासीमा निर्माण गरिरहेको २ मेगावाटको आयोजना र फर्स्ट सोलार डेभलपर नेपालले निर्माण गरिरहेको  ८ मेगावाटको भृकुटी सोलार आयोजनाको पिपिए भएको हो  । दुवै आयोजनाको २५ वर्षको लागि पिपिए भएको हो  । सौर्य विद्युत पावर प्रालि गोल्छा समुहको कम्पनी हो ।   

सम्झौता अनुसार सन् २०२२ सम्मको लागि विद्युत खरिद बिक्रि दर १६ रुपैयाँ ६० पैसा रहेको छ  । जस मध्ये १० रुपैयाँ एशियाली विकास बैंक र ६ रुपैयाँ ६० पैसा नेपाल विद्युत प्राधिकरणले बेहोर्ने छ  । सन् २०२२ पछिको दर भने ६ रुपैयाँ ६० पैसा रहने छ , जुन प्राधिकरणले बेहोर्ने छ  ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved