कोशी करिडोर प्रसारणलाइन आयोजनाको जग्गा अधिग्रहण हुदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2021 | 01:35:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको कोशी करिडोर २२० केभी प्रसारणलाइन आयोजनाको लागी जग्गा अधिग्रहण सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सार्वजनिक सूचना प्रकाशित गर्दै वसन्तपुर ढुंगेसाँघु खण्डको लाइनमा पर्ने जग्गा अधिग्रहणको जानकारी दिएको हो ।

तेस्रो प्याकेज अन्तर्गत ताप्लेजुङस्थित ढुंगेसाँघु सवस्टेशन आसपासमा पर्ने घरटहरा र जग्गा स्थायी रूपमा अधिग्रहण गर्नुपर्ने भएकाले जग्गाधनीहरुले हकभोगको प्रमाणसहित १५ दिन भित्र मुआब्जा दाबी गर्न प्रशासनले आग्रह गरेको छ । ४८ जग्गाधनीको करिब ३०० रोपनी जग्गा स्थायी रूपमा अधिग्रहण गर्न लागिएको आयोजनाले जनाएको छ ।

राष्ट्रिय स्तरको आयोजना भए पनि ठाउँ ठाउँमा जग्गाको विवाद तथा अन्य कारणले समयमै कार्य सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved