१३५ मेगावाटको मनाङ मर्स्याङ्दी आयोजना बनाउन बुटवल पावरले भित्र्यायो विदेशी लगानीकर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2021 | 05:59:48 PM मा प्रकाशित

laxmi  sunrise bank

बुटवल पावर Butwal Power Company  ले आफ्नो स्वामित्वमा रहेको १३५ मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजना निर्माण तथा संचालनको लागि विदेशी लगानीकर्ता भित्र्याएको छ । बुटवल पावरले आजै शेयर स्वामित्व हस्तान्तरण गरेर ३ वटा कम्पनीलाई विदेशी लगानीकर्ताको रुपमा भित्र्याएको हो । 

विदेशी लगानीकर्ता भित्र्याएपछि आयोजनामा बुटवल पावरको  स्वामित्व २२.४० कायम भएको छ । आयोजनाको ४९.४७ प्रतिशत स्वामित्व एस सी आई जी इन्टरनेशनल लिमिटेड, १६.४९ प्रतिशत स्वामित्व छिङचेङ इन्टरनेशनल इन्भेष्टमेन्ट कम्पनी लिमिटेड र ११.६४ प्रतिशत स्वामित्व क्यु आई ई सी इन्टरनेशनल कम्पनी लिमिटेडसंग रहने भएको छ । 

गत चैत्र ९ गते नै यस आयोजनाको विद्युत खरिद बिक्रि सम्झौता पिपिए सम्पन्न भईसकेको छ ।  यस आयोजनाको वित्तीय ब्यबस्थापन कार्य प्रक्रियामा नै रहेको र सो कार्य छिट्टै सम्पन्न गरि निर्माण चरणमा जाने बुटवल पावरले उल्लेख गरेको छ । आयोजनाले सन् २०२५ को मार्चसम्ममा निर्माण सम्पन्न गरि विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । यस आयोजनाबाट वार्षिक ७६७ गिगावाट विद्युत उत्पादन हुने छ । 

बुटवल पावरले चिनियाँ साझेदारसँग मिलेर मर्स्याङ्दी नदीमा  क्यास्केड अवधारणामा निर्माण गर्न लागेको ३ आयोजना मध्ये यो पहिलो आयोजना हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved