घलेम्दी हाईड्रोको साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2021 | 05:15:47 PM मा प्रकाशित

laxmi  sunrise bank

घलेम्दी हाईड्रो Ghalemdi Hydro  को सातौं वार्षिक साधारणसभा आज कम्पनीको केन्द्रिय कार्यलय बनस्थली काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष किशोर सुवेदीको अध्यक्षतामा भर्चुअल माध्यमबाट सभा सम्पन्न भएको हो ।

साधारण सभाले आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । त्यसैगरी सभाले आ.व २०७६÷०७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सम्बन्धित अनुसूचीहरु उपर छलफल गरि पारित गरेको छ । सभाले लेखापरीक्षकको नियुक्ति गर्नुको साथै निजको पारिश्रमिक समेत तोकेको छ ।

कोरोना प्रकोपका कारण भौतिक रुपमा सभामा उपस्थित हुन नसकिने भएपछि कम्पनीका संचालकहरु उत्तम प्रसाद बैंध, प्रमोद श्रेष्ठ, टंक प्रसाद बरुवाल, शरद राज श्रेष्ठ, मनिसा प्रधान र राजु कुमार शर्मा समेत भर्चुअल माध्यमबाट सहभागी भएका थिए भने कम्पनीका सेयरधनीहरुले समेत भर्चुअल माध्यमबाट नै सभामा सहभागिता जनाएका थिए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved